२२ बैशाख, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटका विषयमा परामर्श गर्न उनी देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।
उनीहरूबीच सोमबार बिहान बूढानीलकण्ठमा भेटवार्ता भएको उपप्रधानमन्त्री पौडेलको सचिवालयले जनाएको छ । भेटमा कांग्रेस सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका छन् ।
प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार

