२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

भारत-पाक तनावपछि नेपाली सीमामा उच्च सुरक्षा सतर्कता

काठमाडौं। भारत–पाकिस्तानबीचको बढ्दो तनावलाई मध्यनजर गर्दै नेपालले भारतसँगका सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ।

बुधबार सिंहदरबारमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सीमा सुरक्षाबारे विशेष छलफल भएको थियो। बैठकमा गृहमन्त्रीले नेपालमा तनावको असर न्यून बनाउन तीनवटै सुरक्षा निकायलाई सीमा क्षेत्रमा सतर्कता बढाउन निर्देशन दिएका हुन्।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले पनि सीमा सुरक्षामा कडाइ गर्ने निर्णय भएको जानकारी दिए।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस