२६ बैशाख, काठमाण्डौँ । सरकारको नीति तथा कार्यक्रम वैशाख २८ गते पारित गरिने भएको छ ।
आगामी वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा आव २०८२र८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रमु निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
जसका लागि नेकपा एमालेले सो दिन उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । पार्टीका मुख्य सचेतक महेशकुमार बर्तौलाले एक विज्ञप्ति जारी गर्दै ह्वीप जारी गरेको बताएका हुन् ।
प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार

