२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम आइतबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले १९ वैशाखमा संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए, जसमा २२ वैशाखदेखि छलफल सुरु भएर शुक्रबार सकिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सांसदहरूको प्रश्नको जवाफ दिएपछि सभामुखले संशोधन प्रस्तावहरू निर्णयार्थ पेश गरे, तर ती सबै अस्वीकृत भएपछि अन्ततः नीति तथा कार्यक्रम पारित भयो।

त्यसै दिन अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका छन्। उक्त विधेयकमाथि ३० वैशाखमा छलफल हुनेछ। नेपालको संविधानअनुसार, सरकारले प्रत्येक वर्षको जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस