२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

लुम्बिनीमा बुद्ध जयन्ती समारोह सुरु, प्रधानमन्त्रीद्वारा उदघाटन

२९ बैशाख, काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा २,५६९औं बुद्ध जयन्ती समारोह सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज समारोहको उद्घाटन गरेका हुन् । समारोहमा विभिन्न देशका प्रतिनिधि, भिक्षु, र स्थानीय नागरिकहरू सहभागी छन् । बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड बजेट खर्च गर्दैछ । यसअघि आज बिहान मायादेवी मन्दिर परिसरबाट कार्यक्रमस्थलसम्म शोभा यात्रा निकालिएको थियो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय र प्रदेश सांसदहरू, विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगायतको उपस्थिति छ । बुद्ध जयन्तीअन्तर्गत आइतबारदेखि नै लुम्बिनीमा विभिन्न कार्यक्रम सुरू भएका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस