२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

भारत-पाकिस्तान तनावबारे चर्चामा प्रधानमन्त्रीको बयान, के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीच भएको हात हालाहाल रोकिएको बताएका छन्। आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले संयम अपनाएकोमा भारत र पाकिस्तानलाई धन्यवाद पनि दिए। उनले भने, ‘झण्डै–झण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो। तर त्यो हात हालाहाल बढ्न पाएन। संयमका लागि उहाँहरूलाई धन्यवाद छ।’

प्रधानमन्त्री ओलीले आफूहरूले सुरुदेखि हात हालाहालको स्थिति विस्तार हुन नपाओस् र लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गरेको बताए। उनले भने, ‘उहाँहरुसँग पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेरि पनि केही खसखस र आरोप–प्रत्यारोपको स्थिति छ।’

प्रधानमन्त्री ओलीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको बताए।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस