२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीहरू नियुक्त (नामावली)

१ जेठ, काठमाडौँ । सरकारले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरूको नियुक्ति गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगका पदाधिकारीहरूको नियुक्त गरेको हो । समितिको सिफारिस बमोजिम उनीहरूलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापा र सदस्यमा अच्युत भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्या ओझालाई नियुक्त गरिएको छ ।

त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौलालाई नियुक्त गरिएको छ । त्यस्तै सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली रहेका छन् । उनीहरूको कार्यकाल चार वर्ष रहने र तलब, भत्ता तथा सेवा सुविधा राष्ट्रिय मानव अधिकार आयोग सरह हुने मन्त्री गुरुङले बताए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग
अध्यक्ष महेश थापा–संखुवासभा
सदस्यहरू
अच्युतप्रसाद भण्डारी–जाजरकोट
डा टीकाप्रसाद ढकाल–पाँचथर
पदमबहादुर शाही–जुम्ला
कुमारी कौशल्य ओझा–कञ्चनपुर

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
अध्यक्ष लीलादेवी गड्तौला तेह्रथुम

सदस्यहरू
गोपालनाथ योगी–सल्यान
अग्नीप्रसाद थपलिया–झापा
सिर्जना पोखरेल–काठमाडौं
विनिता नेपाली–कास्की

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस