१ जेठ, काठमाडौँ । तीनकुने घटनापछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलाई बिहीबार सर्वोच्च अदालतमा हाजिरमात्र गराएर फर्काइएको छ। उनलाई शुक्रबार फेरि सर्वोच्च अदालतमा लगिने र इजलासमा पेश गरिने सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
मिश्रलाई बिहीबार नै इजलासमा पेस गरिने भनिए पनि सर्वोच्च प्रशासनले हाजिरमात्र गराएर फर्काएको हो । न्यायाधीश सुनिलकुमार पोखरेलको बुधबारको आदेशअनुसार मिश्रलाई काठमाडौँ प्रहरी परिसरले सर्वोच्च अदालतमा उपस्थित गराएको थियो । बिहीबार भने मिश्रको हातमा हथकडी लगाइएको थिएन । काठमाडौँ प्रहरी परिसरबाट महान्यायाधिवक्ताको कार्यालय पुर्याउँदा उनको हातमा हथकडी लगाइएको थियो। त्यहाँबाट सर्वोच्च अदालत लैजाने क्रममा भने उनको हथकडी खोलिएको हो । यसअघि आठपटक म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउँदा उनलाई हतकडीसहित लगिएको थियो ।

