काठमाडौं । प्रतिनिधि सभामा निलम्बित सांसदहरूको संख्या तीन पुगेको छ।
१. मोहन बहादुर बस्नेत-नेपाली कांग्रेसका सांसद बस्नेत भ्रष्टाचार मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका छन्। टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको छ।
२. रवि लामिछाने-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएपछि ८ पुस २०८१ देखि निलम्बनमा छन्।
३. टोपबहादुर रायमाझी – नेकपा एमालेका सांसद रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि निलम्बनमा परेका छन्।
यसैगरी, राप्रपा सांसद गीता बस्नेत सहकारी ठगी आरोपमा एक वर्षदेखि फरार रहेकी छन्।
प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार

