२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादबारे यस्तो छ सर्वोच्चको निर्णय ?

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादमा जेठ २८ गते निर्णय सुनाउने भएको छ। संवैधानिक इजलासले जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश दिएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंहसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले रिटमाथि सुनुवाइ गरिरहेको छ।
२०७७ मंसिर ३० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ५२ जना पदाधिकारी नियुक्त गरेको थियो। प्रतिनिधिसभा विघटनको अवस्थामा संवैधानिक सुनुवाइ बिना नियुक्ति गरिनु गैरसंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, सम्रित खरेललगायतले सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस