२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदन-प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १:१५ मा बस्नेछ।

प्रतिनिधिसभाको बैठकमा गृह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात, र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ पारित गरियोस् भनी प्रस्ताव गर्ने र पूर्वाधार विकास समितिको प्रतिवेदनसहित छलफल हुने सम्भावित कार्यसूची छ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्नेछन्।

राष्ट्रियसभामा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची छ। सरकारले चलचित्र क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउन यो विधेयक ल्याएको हो।

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस