काठमाडौं । सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा. विश्व पौडेलविरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने प्रशासनको आदेशलाई सदर गरेको छ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त दरपीठ आदेशलाई कायम राखेपछि सरकारलाई गभर्नर नियुक्तिको प्रक्रियामा सहज भएको छ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेलको गभर्नर नियुक्तिको विरोध गर्दै रिट निवेदन पेस गरेका थिए। तर सर्वोच्चको आदेशपछि आगामी दिनमा पुनः रिट निवेदन दर्ता हुने सम्भावना रहेको छ
प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते मङ्गलवार

