२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

गोप्य भिडिओ खिचेको भन्दै रास्वपाका नेता निलम्बित

८ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन उल्लंघन गरेको भन्दै एक नेतालाई निलम्बनमा राखेको छ । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार एक निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई अनुशासन उल्लंघनको कारबाही स्वरुप तीन दिनका लागि निलम्बनमा राखिएको हो ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई पार्टी अनुशासन उल्लंघन गरेको कारण तीन दिनका लागि निलम्बन गरिएको छ,’ उनले भने, ‘अनुमति बिना पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटमा एक निर्वाचन क्षेत्र उपसंयोजकले मोबाइलबाट गोप्य रुपमा भिडिओ रेकर्ड गरेको पाइएकोले निजलाई अनुशासनात्मक कारबाही स्वरूप निलम्बन गरिएको हो ।’

निलम्बन जेठ ५ गतेदेखि गरिएको उनको भनाइ छ। रास्वपाले उनको परिचय भने खुलाएको छैन । ‘व्यक्तिगत प्रतिष्ठामा आँच आउन नदिनका लागि पार्टीले निलम्बनमा परेका व्यक्तिको परिचय खुलाएको छैन’ उनले भने ।

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस