२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

मन्त्रिपरिषद् बैठकका ९ महत्वपूर्ण निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं। सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका नौ वटा निर्णय बिहीबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरु जानकारी गराउनुभएको हो।

बैठकले नवनिर्मित चारलेन महाकाली पुल आसपास महाकाली नदीको बिच भागमा जम्मा भएको नदिजन्य पदार्थ हटाएर व्यवस्थापन गर्ने निर्णय गरेको छ। यसका साथै बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदी नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउने स्वीकृति प्रदान गरिएको छ।

त्यस्तै, नेपाली सेना, सैनिक प्राविधिक सेवा र सैनिक स्वास्थ्य समूहअन्तर्गत मेडिकल उपसमूहका एकजना महासेनानीको पदावधि थप गर्ने निर्णय पनि बैठकले गरेको छ।

सञ्चारमन्त्री गुरुङले बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनका लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

यसका साथै, बैठकले विभिन्न नौ वटा अन्य निर्णयहरू पनि गरेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस