२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

पाकिस्तानको खुफिया एजेन्सीका लागि काम गरेको आरोपमा भारतमा नेपाली पक्राउ

काठमाडौं । भारतीय सञ्चारमाध्यमहरूले पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टलिजेन्स (आईएसआई) का लागि काम गरेको आरोपमा एक नेपाली नागरिक पक्राउ परेको दाबी गरेका छन्।

आउटलुक इन्डियाको रिपोर्टअनुसार, दिल्ली प्रहरीले आईएसआईको स्लीपर सेलविरुद्ध चलाएको अपरेशनमा दुई जनालाई पक्राउ गरेको थियो, जसमा एक नेपाली नागरिक अन्सरुल मियान अन्सारी छन्।

सन् २०२५ को सुरुवातदेखि सञ्चालन भएको उक्त अपरेशनमा उनीहरू पक्राउ परेका हुन् र हाल उनीहरू तिहाड जेलमा छन्।

एएनआईले जानकारी दिएको छ कि अन्सारी कतारमा ट्याक्सी चालक थिए र त्यहाँ आईएसआईका ह्याण्डलरलाई भेटेर पाकिस्तानमा तालिम लिएका थिए। त्यसपछि उनलाई नेपाल हुँदै दिल्ली पठाइएको थियो।

यो अपरेशन दिल्ली प्रहरीले गोप्य रूपमा सञ्चालन गरेको थियो र यसमा विभिन्न केन्द्रीय एजेन्सीहरू संलग्न थिए।

पहिले पनि आईएसआईका लागि काम गरेको आरोपमा केही नेपालीहरू मारिएका छन्, जसले यो घटनालाई सुरक्षा चुनौती बनाएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस