काठमाडौं । रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। जाहेरीकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले कडा तर्क गर्दै रविलाई कुनै हालतमा थुनामुक्त गर्नु नहुने बताए।
भण्डारीले रविको भूमिकालाई निर्णायक बताउँदै गैरकानुनी रूपमा पक्राउ भए पनि पछि प्रक्रिया पुरा भएको दाबी गरे। त्रिपाठीले संगठित अपराधमा बेल दिन नहुने तर्क गर्दै, रविको स्वतन्त्रता भन्दा हजारौं पीडितको न्यायलाई प्राथमिकता दिनुपर्ने बताए।
प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शुक्रवार

