२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अशोभनीय टीका–टिप्पणी नगर्न सर्वोच्चको आदेश

९ जेठ , काठमाण्डौँ । सर्वोच्च अदालतले न्यायिक आदेश र फैसलाहरूउपर अशोभनीय टीका–टिप्पणी नगर्न रवि लामिछानेका समर्थकहरूलाई चेतावनी दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा न्यायाधीशहरूको मानमर्दन नगर्न भनेको हो ।

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल जोशीलाई थुनामै राख्ने मातहत अदालतको आदेश सदर गर्दै सर्वोच्चले यस्तो चेतावनी दिएको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस