२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

नारायणहिटीमा पूजा अर्चनाका लागि नातिलाई लिएर पुगे पूर्वराजा ज्ञानेन्द्र, राजतन्त्र आउनेमा ठोकुवा !

११ जेठ, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले नारायणहिटी दरबारभित्र रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाअर्चना गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वनवयुवराज हृदयेन्द्र शाहले शनिबार साँझ नारायणहिटी दरबार परिसरमा रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाआजा गरेका हुन् । उनलाई जगमान गुरुङले स्वागत गरेका थिए ।

यो मन्दिर नारायणहिटी दरबार परिसरसँगै जोडिएको छ । यो मन्दिर राजपरिवारका सदस्यहरूको नियमित दर्शन तथा पूजाअर्चना हुने धाम मानिन्छ। सोही मन्दिरको नामबाट नारायणहिटी दरबारको नामाकरण गरिएको हो । पूर्व नवयुवराज हृदयेन्द्र केही दिनअघि मात्रै अमेरिकाबाट नेपाल फर्किएका थिए। अमेरिकाको बोस्टनमा अध्ययनरत उनी बिदामा आएका हुन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस