२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

पूर्वसभामुख महरा प्रकरणकी पीडित रोशनी शाही मृत फेला, कहाँ छन् श्रीमान्?

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन्। उनी बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरी बस्दै आएकी थिइन्।

शाही पूर्वसभामुख कृष्णबहादुर महरासँग जोडिएको बलात्कार प्रकरणकी पीडित हुन्। सो प्रकरणमा पछि महरा अदालतबाट सफाइ पाएका थिए।

भक्तपुरका प्रहरी प्रमुख एसपी माधव बुढाथोकीका अनुसार, आइतबार दिउँसो १ बजेर ५० मिनेटमा उनी कोठाभित्रै मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीका अनुसार, कोठाको ढोका भित्रबाट चुकुल लगाइएको थियो। शव भेटिएलगत्तै प्रहरीले घटनास्थल सुरक्षित राखी अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार घटनास्थलमा एक सुसाइड नोट पनि फेला परेको छ। शाहीको शरीरमा बाह्य चोटपटक भने देखिएको छैन। स्थायी घर जाजरकोट भएकी शाहीका छोराछोरी विदेशमा रहेका छन् भने उनका श्रीमान् उपत्यका बाहिर कामको सिलसिलामा रहेको जानकारी प्रहरीले दिएको छ।

हाल प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस