२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

कांग्रेस-एमालेका शीर्ष नेताहरू सिंहदरबारमा किन जम्मा भए ?

काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख दुई दल-नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघि सुरु भएको छलफलमा समसामयिक राजनीतिक घटनाक्रमबारे विचारविमर्श भइरहेको छ। छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र कृषिमन्त्री रामनाथ अधिकारी सहभागी छन्।

सत्ता साझेदारी, नीति तथा कार्यक्रम, र आगामी सत्रको तयारीलगायत विषयमा पनि छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ। छलफलको निष्कर्षबारे औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस