काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाह र सहमहामन्त्री सुमना श्रेष्ठले दिएको राजीनामा केन्द्रीय समिति बैठकले स्वीकृत गरेको छ।
पूर्वबैंकर शाहले पार्टी नेतृत्व विकास प्राथमिकतामा नपरेको भन्दै केही दिनअघि प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीबाट अलग हुने बताएका थिए। उनले पार्टीमै रहने तर पदीय भूमिकाअनुसार सक्रिय हुन नसकेको स्वीकार गरेका छन्।
यस्तै, सहमहामन्त्री श्रेष्ठले भने एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै ४ वैशाखमा राजीनामा दिएकी थिइन्। प्रतिनिधिसभा सांसदसमेत रहेकी श्रेष्ठले आफू सार्वजनिक नीति निर्माणमा सीमित रहन चाहेको र पार्टीको मुभमेन्ट अरूलाई जिम्मा दिन चाहेको उल्लेख गरेकी थिइन्।
प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार

