बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा मङ्गलबार बिहान भएको जिप दुर्घटनामा नेपाल टेलिकमका कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका निवासी तथा नेपाल टेलिकम बाजुरा कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, चालक ४० वर्षीय कर्णबहादुर महतारा र बडीमालिका नगरपालिका–७ का २८ वर्षीय कर्मचारी रविन्द्र धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
नेपाल टेलिकमको टावर मर्मत गर्न पिलुचौरबाट काँडाकोट जाँदै गरेको बा ५ च २२०९ नम्बरको जिप करिब ८० मिटर तल खसेको थियो।
दुर्घटनामा बुढीनन्दा नगरपालिका–२ का नन्दबहादुर तिरुवा (२६) र लोकेन्द्र तिरुवा (२२) घाइते भएका छन्। गम्भीर घाइते दुबै जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार

