काठमाडौं । नवनियुक्त नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। नियुक्ति बदरको मागसहितको रिट मंगलबार दर्ता भएको हो।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्ति कानुनविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन्। रिटमा बुधबारका लागि एकल इजलासमा प्रारम्भिक सुनुवाइ तोकिएको छ।
रिट निवेदकहरूले गभर्नर नियुक्तिका क्रममा जालझेल भएको, सिफारिस तथा नियुक्ति प्रक्रिया दुवै अवैधानिक रहेको र पौडेल राजनीतिक दलको सक्रिय सदस्य रहेको दाबी गरेका छन्।
सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश दिनेसहितका विषयमा निर्णय गर्न सक्नेछ।
प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार

