२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

ऊर्जा सहकार्यबारे नेपाल-अमेरिका उच्चस्तरीय भेटवार्ता

काठमाडौं । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग बुधबार अमेरिकी राजदूत डिन आर. थम्पसनबीच ऊर्जा मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटमा नेपाल-अमेरिका ऊर्जा सहकार्य तथा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाको कार्यान्वयन सम्बन्धी विविध पक्षमा छलफल भएको थियो।

ऊर्जामन्त्रीले एमसिसी परियोजनाका कार्यहरू निरन्तर अगाडि बढिरहे पनि हाल परियोजना होल्ड भएकाले केही अन्यौलता उत्पन्न भएको उल्लेख गर्नुभयो। उहाँले परियोजना निरन्तर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। अमेरिकी राजदूत थम्पसनले नेपालको ऊर्जा क्षेत्रमा अमेरिका निरन्तर सहयोग गर्न इच्छुक रहेको जानकारी गराउँदै, एमसिसी परियोजनालाई प्रभावकारी रूपमा अघि बढाउन नेपाल सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो।

एमसिसी परियोजनाका लागि अमेरिकाले ५०० मिलियन डलर तथा नेपालले १९७ मिलियन डलर खर्च गर्ने सम्झौता गरिसकेको छ। उक्त परियोजनाअन्तर्गत विभिन्न ४०० केभी प्रसारण लाइन तथा सम्बद्ध सबस्टेसन निर्माण हुने योजना रहेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस