काठमाडौँ। काठमाडौँ जिल्ला सुरक्षा समितिले आज साँझ ७ बजे बैठक बोलाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार, जेठ १५ गते राजधानीमा राजावादी तथा एमालेले फरक प्रकृतिका कार्यक्रम आयोजना गर्न लागेपछि सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै बैठक बस्न लागेको हो।
यसअघि मंगलबार गृहमन्त्रीको नेतृत्वमा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको थियो, जहाँ तीन सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा रणनीतिबारे ब्रिफिङ गरेका थिए।
प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार

