२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

यस्तो छ राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलनको योजना, कुन नेता कताबाट आउँदैछन् ?

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि आजबाट सुरु भएको संयुक्त जनआन्दोलनमा पहिलो दिन जुलुसले टुँडिखेलको परिक्रमा गर्ने भएको छ । सबैतिरबाट आएका जुलुसका टुकुडीहरु रत्नपार्कमा भेला भइसकेका छन् । अब जुलुस टुँडिखेल परिक्रमा गर्दैछ ।काठमाडौंका ७ स्थानबाट राजावादीको जुलुसहरु निस्किएका छन् ।

मैतीदेवीबाट निस्किएको जुलुसको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे । उक्त जुलुसमा पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको पनि सहभागीता छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिफलबाट निस्किने जुलुसको नेतृत्व गरेर आएका छन् ।

यस्तै, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदीको नेतृत्वमा नारायणचौरबाट अर्को जुलुस निस्किएको छ । नयाँ बजारबाट आएको जुलुसको नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले र त्रिपुरेश्वरबाट निस्किएको जुलुसमा केशरबहादुर विष्टले नेतृत्व गरेका छन् ।

सबै जुलुसहरु रत्नपार्कमा आइसक्ने पूर्वतयारी थियो । तर भृकुटीमण्डमा एमालेको प्रदर्शन अझै नसकिएको हुँदा राजावादीको प्रदर्शनमा केही ढिलाइ भएको छ। रत्नपार्कबाट निस्किएर टुँडिखेल परिक्रमा गर्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस