२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

काठमाडौंलाई डुबानबाट जोगाउन चोभारमा सुरुङ

काठमाडौं । सरकारले काठमाडौंको डुबान समस्या समाधानका लागि चोभारमा सुरुङ खन्ने योजना अघि बढाएको छ। चोभार गल्छी उपत्यकाका खोलानालाको एक मात्र निकास भएकाले बाढी व्यवस्थापनका लागि फ्लड बाइपास टनेलको सम्भावना अध्ययन हुँदैछ। नक्खु खोलाको बाढीलाई पनि बाइपास गर्ने छलफल चलिरहेको छ।

गत वर्षको डुबान दोहोरिन नदिन नेपाली सेनाको सहयोगमा चोभार गल्छीका ढुंगा हटाउने निर्णय गरिएको छ। विज्ञहरूले भने डुबानको कारण मानव निर्मित भएको भन्दै प्रकृतिमैत्री शहरीकरणको आवश्यकता औंल्याएका छन्।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस