२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

शान्तिबाटीबाट अघि बढे राजावादी, प्रहरीसँग धकेलाधकेल

काठमाडौं । राजतन्त्र पुनर्स्थापना र हिन्दू राज्यसहितको माग राखेर काठमाडौंमा सुरु भएको आन्दोलनको आज तेस्रो दिन हो। पूर्व निर्धारित कार्यक्रमअनुसार राजावादीहरूले आज दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने योजना बनाएका थिए। तर सरकारले उक्त क्षेत्रलाई आजदेखि निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरूले प्रदर्शन शान्तिबाटी क्षेत्रमा सुरु गरे।

प्रदर्शन शान्तिबाटीबाट सुरु भए पनि केहीबेरमै निषेधित क्षेत्रतर्फ अघि बढ्ने प्रयास गरिएको थियो। प्रहरीले रोक्न खोज्दा राजावादी समर्थकहरूले बलपूर्वक अघि बढ्ने प्रयास गरेपछि दुवै पक्षबीच धकेलाधकेल भएको थियो। राजावादी बालुवाटारतिर अगाडि बढेका छन्।

राजसंस्था पुनर्स्थापनाका पक्षमा राप्रपा, राप्रपा नेपालसहितको समर्थनमा जारी आन्दोलन १५ गतेदेखि काठमाडौंमा सुरु भएको हो।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस