काठमाडौं । काठमाडौंमा जारी राजावादी आन्दोलनका क्रममा घुसपैठको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार शंका लाग्दो गतिविधि गरेपछि ती व्यक्तिलाई भद्रकाली परिसरमा ल्याएर अनुसन्धान थालिएको छ।
प्रदर्शन शान्तिबाटीबाट सुरु भए पनि बालुवाटारतर्फ जाँदै गर्दा सुरक्षा सतर्कता उच्च बनाइएको छ। प्रहरीले आन्दोलनमा सहभागिता जनाइरहेका सबै समूहलाई निगरानीमा राखेको छ।
एसपी बोहराले आन्दोलनको नाममा अवाञ्छित तत्व घुसाउने प्रयासलाई सुरुमै नियन्त्रणमा लिने रणनीति अपनाइएको जानकारी गराए।
प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार

