२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

चर्को घाममा बाइक राख्दा पेट्रोल सुक्छ ? [ भिडिओसहित ]

काठमाडौं । गर्मी याममा बाइक चलाउनेहरूले केही सावधानी अपनाउन आवश्यक छ। तिब्र घाममा बाइक लामो समयसम्म राख्दा विभिन्न प्रकारका नोक्सान हुन सक्छन्। बाइकको रंगदेखि माइलेजसम्म असर देखिन सक्छ। उखरमाउलो घाममा बाइक राख्दा पेट्रोल सुक्छ ? कि सुक्दैन । यो अधिकांश जिज्ञासा हो ।

गर्मीमा बाइकको राम्रो हेरचाह गर्नु निकै जरुरी हुन्छ। तेज घाममा बाइक राख्दा त्यसको विभिन्न पक्षमा नकारात्मक प्रभाव पर्न सक्छ। बाइक धेरै तात्दा दुर्घटना हुने सम्भावनासमेत रहन्छ। तिब्र घाममा बाइक राख्दा विभिन्न समस्याहरू आउन सक्छन्। लामो समयसम्म घाममा राखिएको बाइकको पेट्रोल ट्याङ्की तात्न थाल्छ, जसका कारण पेट्रोल पनि तात्छ । त्यसको असर बाइकको माइलेजमा पर्छ। माइलेज घट्न सक्छ।

त्यस्तै, घाममा बाइक राख्दा यसको रंगमा पनि असर पर्छ। बाइकको मूल रंग फिका हुन थाल्छ र केही समयपछि चमक हराउँदै जान्छ। यदि तपाईंको बाइक लामो समयसम्म घाममा रहन्छ भने यसको सीधा असर बाइकको प्रदर्शनमा पर्न सक्छ। बाइक तात्ने बित्तिकै राम्रो माइलेज नआउन सक्छ।

धेरैले भन्ने गर्छन् कि तिब्र घाममा बाइक राख्दा पेट्रोल उड्छ अर्थात पानी जस्तै सुक्छ । तर वास्तवमा त्यस्तो हुँदैन। बाइकको ट्याङ्की तातेपनी ताप्केमा राखेको पानी सुके झै पेट्रोल सुक्दैन। यद्यपि, बाइकलाई घाममा राख्नबाट जोगाउनु नै उचित हुन्छ।

निष्कर्षमा यो भन्छु पेट्रोल वास्तवमै उड्दैन, तर घामको असरले बाइकको रंग, माइलेज र सुरक्षा सबैमा प्रभाव पार्न सक्छ । त्यसैले घामबाट जोगाउनु बुद्धिमानी हुन्छ।

 

रोमाञ्चक भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस