काठमाडौं । भारतको अरुणाञ्चल प्रदेशमा भएको साफ यू–१९ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । बंगलादेशलाई ट्राइबेकरमा हरउँदै घरेलु टोली भारतले उपाधि हात पारेको हो । निर्धातिर समयमा एक–एक गोलको बराबरीमा खेल सकिएपछि ट्राइबेकरमा गएको थियो । बंगलादेशका दुई गल्तीले भारतले उपाधि रक्षा गर्यो ।
भारतले पहिलो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो । यस्तै नेपालले श्रीलंकालाई ५–० ले हराएको थियो । लगातार दुई हारपछि श्रीलंका बाहिरिँदा नेपाल र भारत एक खेल अगावै अन्तिम चारमा पुगेका थिए । नकआउट चरणमा नेपाल बाहिरिएको थियो । यस उमेर समूहमा भारत तीन र नेपाल दुई पटकको च्याम्पियन हो । सन् २०१५ बाट सुरु भएको प्रतियोगितामा सुरुवाती दुई संस्करण लगातार उपाधि जितेको नेपालले त्यसयता उपाधि जित्न सकेको छैन ।
समूह ए बाट साविक विजेता बंगलादेशले फाइनलमा स्थान बनाएको थियो । भुटान र माल्दिभ्स कमजोर टीममा पर्दछन् ।

