२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

पाकिस्तानले आक्रमण सुरु गरेपछि पंजाब–दिल्लीबीचको खेल रोकियो, मैदानको लाइट बन्द

Massive Power Outage Grips Dharamsala During PBKS vs DC Clash

काठमाडौं । पाकिस्तानको आक्रमणबीच धर्मशालाको एचपीसीए मैदानमा भइरहेको पंजाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल रोकिएको छ। मैदानका सबै फ्लडलाइट बन्द गरिएको छ । सबै दर्शकलाई बाहिर निकालिएको छ। मैदान बाहिर निस्कँदै गर्दा समर्थकहरूले पाकिस्तान मुर्दाबादका नारा लगाए।

खेल रोकिँदासम्म पंजाबले १०.१ ओभरमा १ विकेटको क्षतिमा १२२ रन बनाएको थियो। प्रभसिमरन सिंह र श्रेयस अय्यर अविजित थिए भने प्रियांश आर्याले ७० रन बनाएर आउट भएका थिए। उनलाई टी नटराजनले माधव तिवारीको हातबाट क्याच गराएका थिए।

 

 

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस