२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

भारतमा माओवादीका महासचिव मारेकोमा मोदी सरकारलाई फासिष्ट भन्दै नेपालको माओवादीले निन्दा गर्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीले भारतमा कम्युनिष्ट नेता मारिएकोप्रति चर्को विरोध गरेको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारलाई फासिष्ट भन्दै निन्दा समेत गरेको छ । माओवादी केन्द्रीय समितिको छैटौं विस्तारीत बैठकले विरोध प्रस्ताव नै पारित गरेको छ । बैठकमा महासचिव गौरवले पेस गरेको राजनीतिक प्रतिवेदन माथि दुई दिनसम्म छलफल चलेको थियो ।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, बैठकको दोस्रो दिन भा.क.पा. माओवादीका महासचिव नम्वाल केशवराज (बसन्तराज) सहित अन्य २६ जना क्रान्तिकारी कार्यकर्तालाई घेरा हालेर मे २१, २०२५ का दिन फासिष्ट मोदि सरकारले क्रूरतापूर्ण सामुहिक हत्याको विरोध गर्दै उहाँप्रति सोक प्रस्ताव पारित गरियो उहाँको स्मरण गर्दै १ मिनेट मौनधारण गरी बैठकलाई अगाडि बढाइयो। छलफलमा प्राप्त सुझावहरु समावेश गरी उक्त प्रतिवेदन सर्वसम्मतले पारित गरियो ।

साथै कमरेड अर्जुनलाई सर्वसम्मत मतले केन्द्रीय जनसरकार प्रमुख पदमा चयन गरेको भनिएको छ । राष्ट्रिय युवा फोर्स नेपालको राष्ट्रिय भेला ३ महिना भित्र गर्ने, २०८२ जेष्ठ १५ गतेदेखि २०८२ भाद १७ गतेसम्म जनसम्वन्ध विस्तार अभियानको सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस