२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

काठमाडौं आउँदै गरेको बस दुर्घटना

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको माइक्रो बस नवलपुरको गैँडाकोटमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट–८ विजयचोकमा बा. ४ ख. ५०५० नम्बरको माइक्रो बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

घाइतेमध्ये गोरखा पालुङटार नगरपालिका–७ की ४२ वर्षीया शान्ता विक, ४५ वर्षीय कमल विक, दाङ तुलसीपुर–१ का ३७ वर्षीय कृष्णकुमार नेपाल, ५० वर्षीय धर्मराज केसी र घोराही–५ की ५० वर्षीया गीता वलीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

त्यस्तै, नवलपुरको मध्यविन्दु–९ का २१ वर्षीय सुवास श्रेष्ठ र २२ वर्षीया रेजिना श्रेष्ठको स्थानीय सामुदायिक मेडिकलमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस