२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

राजावादीसँग डरायो सरकार : केही घण्टामै छुटे थापासहित ७ जना

काठमाडौं । आइतबार दिउँसो राजावादी प्रदर्शनको क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंहसहित ७ जना रिहा भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ परेका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो ।

तर, उनीहरूमध्ये डा. राजिव झा भने अझै प्रहरी हिरासतमै छन् । प्रहरीका अनुसार झाले मादक पदार्थ सेवन (मापसे) गरी प्रदर्शनमा अपशब्द बोल्ने जस्ता गतिविधि गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले झामाथि थप अनुसन्धान भइरहेकाले उनलाई हिरासतमा राखिएको जानकारी दिएका छन् ।

आइतबार नारायणचौर क्षेत्रमा आयोजित राजसंस्था पुनःस्थापनाको मागसहितको प्रदर्शनका क्रममा कमल थापा, दीपक सिंहसहितका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस