२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

राजावादीहरु बिच्किए, काठमाडौँ उपत्यका बन्दको कार्यक्रम फिर्ता

१९ जेठ , काठमाडौँ । आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । समितिले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिइएको हो ।

आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले बन्दको कार्यक्रम फिर्ता लिइएको समितिले जनाएको छ । ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’ समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ ।

आइतबारको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसको विरोधमा समितिले उपत्यका बन्द गर्ने घोषणा गरेको थियो । उनीहरूलाई आइतबार साँझ प्रहरीले रिहा गरेको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस