१९ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षदल माओवादी केन्द्रले आफ्नो माग यथावत नै राखेको बताएका छन् ।
सोमबार सिंहदरबारमा भएको प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलमा उनले छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा होईन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राखेको भन्दै आफूहरुले राखेको विषय यथावत नै रहेको बताए । यता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गपशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : २०८२ जेष्ठ २० गते सोमवार

