२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

यातायात व्यवसायीहरूसामु सरकार झुक्यो : राइड सेयरिङ नियमावली स्थगित

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ। सोमबार मध्यराति सरकारले यातायात व्यवसायीहरूसँग भएको सहमति कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार गण्डकी प्रदेश सरकारलाई नियमावली स्थगित गर्न पत्र पठाएको थियो।

पत्र प्राप्त भएपछि आज साँझ मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीसहित सरोकारवाला मन्त्रीहरू सहभागी बैठक बसेको थियो। बैठकले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको वार्ता समितिले सम्बन्धित पक्षलाई पुनः वार्ताका लागि आह्वान गरी एक महिनाको लागि वार्ता समय दिने निर्णय गरेको छ।

यसै अवधिभर गण्डकी प्रदेशको राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ अनुसारका राइड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन स्थगित गर्ने पनि निर्णयमा उल्लेख छ।

मुख्यमन्त्री कार्यालयले यस निर्णयको जानकारी सबै सरोकारवालामा अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस