२३ जेठ, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट काठमाडौं सरुवा गर्न गृह प्रशासनले नै रोकेको आशंका गरेको छ । कारागार सरुवाका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्दा पनि अहिलेसम्म कुनै चासो नदेखाएको भन्दै रास्वपाले आपत्ति जनाएको हो ।
पार्टीकी सह–प्रवक्ता प्रतिभा रावलका अनुसार, भैरहवा कारागारबाट प्रक्रिया पूरा गरेको हप्ता दिन भइसकेको छ । जिल्ला कारागार रुपन्देही स्रोतका अनुसार, सर्वोच्च अदालतको आदेशपछि थुना अवधि थप लम्बिने भएपछि उनले काठमाडौं सरुवा हुने चाहना व्यक्त गरेका थिए ।
कारागार प्रशासनका एक अधिकारीका अनुसार, आफूलाई पायक पर्ने स्थानमा सरुवा माग गर्न पाउने अधिकार जोसुकै कैदीबन्दी हुन्छ । यद्यपि, सुरक्षा चुनौति लगायतलाई ध्यान दिएर कारागार प्रशासनले त्यसबारे निर्णय लिन्छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार

