२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

‘रबिलाई अदालतमै अल्झाउने सोचेका होलान्, रवि हराउँदैनन्,अब झन् कडा बनाउँछौ’ : वाग्ले

२४ जेठ , काठमाण्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं सरुवा गर्ने प्रक्रिया भइरहेको बताएका छन्। आज (शनिवार) स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले लामिछाने काठमाडौं ल्याइएपछि रणनीति झन् बाक्लो हुने बताएका छन् ।

‘उनीहरूलाई लाइरहेको छ, अदालतमै अल्झाइदिऔं,’ वाग्लेले भने, ‘रवि लामिछाने हराउँछन् भन्ने उनीहरूलाई लागिरहेको ।’ तर त्यसो हुन नदिने उनले बताए । उनले भने, ‘अब उहाँ काठमाडौं आउँदै हुनुहुन्छ । हाम्रो संवाद र रणनीति झनै बाक्लो हुनेछ ।’ उनले आफूहरू कुनै राजनीतिक सौदाबाजी नगर्ने पनि सम्बोधनको क्रममा भने ।

प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस