२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

भिजिट भिसाबारे रास्वपासँग चट्टानी अडान: सङ्गठित अपराधको यति धेरै सूचना हुँदा चुप बस्न सक्दैनौँ

Now the committee will not be formed until the assets of Deuba his wife Arju and son are investigated

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा आफूहरूले लिएर अडान यसै नछाड्ने प्रष्ट पारेको छ। रास्वपाका प्रवक्ता मनिष झाले राजनीतिक संरक्षण बेगर १८ वर्षदेखि गम्भीर सङ्गठित अपराध सम्भव नहुने भएकाले आफूहरूले छानबिनको कुरालाई प्राथमिकता दिएको बताए।

रास्वपाले यो प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि जोडिएको भन्दै सदनको जारी अवरोध हटाउन ५ बुँदे प्रस्ताव अघि सारेको छ। तर, कांग्रेस एमाले त्यो प्रस्ताव स्वीकार्न तयार छैन। उनले भनेका छन्, ‘सदनमा बोल्ने हतारोमा हामी यो देशमा, राजनीतिक संरक्षणमा विगत १८ वर्षदेखि जारी भिजिट भिसा नामक मानव बेचबिखनको सङ्गठित अपराधको प्रकरणबारे यती धेरै सूचना, जानकारी, समाचार, विश्लेषण र प्रमाण आए पश्चात् पनि चुप लागेर बस्न सक्दैनौ, बस्दैनौँ।’

उनले कांग्रेस र एमालेलाई विगत सम्झाउँदै सदन अवरोध गर्न आफूहरूले प्रतिस्पर्धा गर्न नचाहेको समेत बताए। रास्वपाले विगतका सबै गृहमन्त्रीको कार्यकालको समेत छानबिनको प्रस्ताव अघि सारेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस