२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय अब १८ गते मात्र सुनाइने

काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आगामी असार १८ गते सुनाउने भएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार, आज सुनाउने भनेको फैसला आगामी असार १८ गतेका लागि सरेको हो ।

केहीबेरअघि संवैधानिक इजलासमा उपस्थित कानून व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको जानकारी गराएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा पदाधिकारी विरुद्धको रिटमाथि बहस भएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस