काठमाडौं। गृह मन्त्रालयले २१ जना सहसचिवको सरुवा गर्दै ११ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) नियुक्त गरेको छ। सरुवा सूचीमा रामुराज कडरिया, सुरेश पन्थी, जनार्दन गौतम, सुनिता नेपाल, कल्पना श्रेष्ठ, दीर्घराज उपाध्याय, मोहनराज जोशी, प्रेमप्रसाद भट्टराई, शावित्रा पुन, नेत्रप्रसाद सुवेदी, केदारनाथ शर्मा, बासुदेव दाहाल, पुण्य विक्रम पौडेल, चोमेन्द्र न्यौपाने, दिनेश सागर भुसाल, नरबहादुर थापा, खिमबहादुर रायमाझी, बुद्धबहादुर गुरुङ, लीलाप्रसाद शर्मा र रामबहादुर शाही परेका छन्।
गृहले गुल्मी, इलाम, बैतडी, डोटी, सल्यान, गोरखा, डडेलधुरा, भोजपुर, रोल्पा, सिन्धुली र जुम्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो। साथै, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुखको पनि सरुवा गरिएको छ।
नयाँ सिडिओको रूपमा गोरखामा रामुराज कडरिया, भोजपुरमा सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, बैतडीमा पुण्य विक्रम पौडेल, सिन्धुलीमा दिनेश सागर भुसाल, डोटीमा बुद्धबहादुर गुरुङ र सप्तरीमा रामबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।



