२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत, यी हुन मन्त्रिपरिषद्का १९ निर्णय

काठमाण्डौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणको लागि स्वीकृत गरिएको निर्णयहरु समावेश गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको स्पेन भ्रमणको लागि स्वीकृत गरेकाे हाे।

यसैगरी बैठकले  पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट प्राप्त हुने ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन्।

यस्तै बैठकले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रूपियाँ अनुदान सहायता स्वीकार गरेको पनि उनले जानकारी दिए।

बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन अन्तर्गत हेटौंडा इजलासका न्यायाधीश डा. शान्ता सेढाईलाई तोक्ने निर्णय गरेको छ भने सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८२ असार ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस