काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्का १५ निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले सरकारले पूर्व मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा सात सदस्यीय अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय छानबिन समिति गठन गरेकाे बताए ।
असार १३ गतेदेखि २९ गतेसम्म इटालीमा आयोजना हुने एफएओ सम्मेलनको ४४ औं सत्र तथा इटाली र जर्मनीमा लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवर्धनसम्बन्धी कार्यक्रममा सहभागी हुन परराष्ट्र मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको पनि बताए ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार

