२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

माधव नेपाल विरुद्धको भ्रष्टाचार मुद्दामा आयो आदेश

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।

विशेष अदालतको आदेशपछि उनी धरौटी बुझाएर पूर्वप्रधानमन्त्री नेपाल बुधबार नै घर जान पाउनेछन् ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस