काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार दिउँसो भेटवार्ता भएको हो । प्रचण्डलाई भेट्न कोइराला उनकै निवास खुमलटारमा पुगेका थिए ।
स्रोतका अनुसार, उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कोइराला वर्तमान सरकारसँग असन्तुष्ट छन् । कोइराला पक्ष र माओवादी मिलेर सत्ता चलाउने कि भन्ने कसरत उनीहरुको छलफलमा चलेको स्रोतको दावी छ ।
झण्डै २ घण्टा प्रचण्डसँग वार्ता गरेर कोइराला फर्किसकेका छन् । ‘अहिलेका पछिल्ला सबै घटनाक्रमबारे विस्तृत कुराकानी भएको छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म जोडिएका पछिल्ला काण्डबारे त कुरा नहुने कुरै भएन ।’
प्रकाशित मिति : २०८२ साउन २ गते बिहिवार

