२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

शेखरको सक्रियता बढ्यो, पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता

काठमाण्डौँ ।  नेपाली कांग्रेसका शीर्ष नेता तथा सांसद डा. शेखर कोइरालाको राजनीतिक सक्रियता बढेको छ । शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग दुई घण्टा लामो छलफल रेका शेखरले शुक्रबार विहान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

भण्डारीलाई भेट्न कोइराला उनको निवास बुढानिलकण्ठ नगरपालिका भंगालमा पुगेका थिए । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको प्रभावकारिता र जनस्तरबाट उठिरहेको आम असन्तुष्टिको विषयमा भण्डारी र कोइरालाबीच कुराकानी कोइराला निकट एक नेताले बताए ।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा प्रवेश गरेको विषयले एमालेभित्र हलचल पैदा भइरहेका बेला कोइरालाले भेट गरेका हुन् ।

यसअघि अध्यक्ष दाहालसँगको भेटमा कोइरालाले वर्तमान सरकार ठीक ढंगले नचलेको र जनताको आक्रोश चुलिँदो रहेको बताएका थिए । मन्त्रीहरू घुस काण्ड र भ्रष्टाचारमा डुबेको, सुशासनको प्रत्याभूति दिलाउन नसकेको र अर्थतन्त्रको अवस्थामा पनि चिन्ताजनक रहेको उनले दाहालसँगको भेटमा बताएका थिए ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस