२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

काठमाण्डौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक आजवाट सुरू हुँदैछ। च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा बिधान अधिवेशनको पूर्व तयारी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषय बैठकको मुख्य एजेन्डा हुनेछ।

यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो। जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ।

तर, पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भने ‘पेन्डिङ’ मा राखेको जनाएपछि अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाइएको रूपमा अर्थ्याइएपछि हिजो ओली र पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष भण्डारबीच ‘वान टु वान’ वार्ता भएको थियो। पार्टीभित्र भण्डारीको सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा प्रधानमन्त्रीसमेत रहेएका ओली भण्डारीबीच करिब दुई घण्टा बढी एक्लाएक्लै भेटवार्ता भएको हो।

भण्डारीको सक्रिय राजनीति पुनः प्रवेशको सन्दर्भमा पार्टी कार्यालयमा भएको भेटलाई महत्वपूर्ण मानिएको छ।

छलफलको विस्तृत विषय सार्वजनिक गरिएको छैन। पूर्वराष्ट्रपति भण्डारी करिब १० वर्षपछि पहिलोपटक पार्टी कार्यालय पुगेकी हुन्। भण्डारीको सदस्यता नवीकरणबारे नेताहरूबीच विवाद भएपछि छिनोफानो गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिइएको थियो ।

बैठकले भण्डारीसँग संवाद गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएपछि भण्डारी अध्यक्ष ओलीसँग छलफल भएको हो। एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाएर भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने प्रयत्न भएको भन्दै एउटा पक्षले असन्तुष्टि जनाउँदै आएको छ।

यद्यपि, भण्डारीको पार्टी सदस्यता नवीकरणबारे पछिल्लो समय उठेका प्रश्नहरू समाधानउन्मुख देखिएका छन्। ओलीसँगको करिब दुई घण्टा लामो एकान्त वार्तापछि भण्डारीले सदस्यता नवीकरण भइसकेको बताइन्।

प्रकाशित मिति : २०८२ साउन ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस