२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

बागमती प्रदेशका चार मन्त्रीले किन दिए राजीनामा ? के भन्छन् बाहिरिएका मन्त्रीहरु ?

हेटौंडा । बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् ।
कांग्रेसबाट मन्त्री बनेका चार जनाले संयुक्त रुपमा राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।

बागमती सरकारमा मुख्यमन्त्री बहादुरसिंह लामासहित कांग्रेसबाट सरकारमा ८ जना सामेल रहेकोमा चार जनाले राजीनामा दिएका हुन्। उनीहरूले मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा पत्र ह्वाट्सएपमा पठाएको बताएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामालाई हटाउने पहलस्वरुप चार मन्त्रीले राजीनामा दिएको बताइएको छ । ३७ सांसद रहेको कांग्रेस संसदीय दलमा २४ जनाले लामाको विपक्षमा हस्ताक्षर बुझाइसकेको बताइएको छ । राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेको पाइएको छ ।

 

प्रकाशित मिति : २०८२ साउन १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस